जनकपुरधाम। महोत्तरीको पिपरामा एक महिलाको शव फेला परेकाेछ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पिपरा गाउपालिका ४ निवासी चन्द्रदेव ठाकुरको ५२ वर्षीया पत्नी निरसि देवि मृत अवस्थामा फेला परेकी हुन।
उनि आफ्नै खेतमा मृत भेटीएकी प्रहरिले जनाएको छ। शनिबार बिहान ७ बजे घरबाट काम गर्न हिडेकी निरसि देवी करिब डेढ किमि पश्चिम खेतमा मृत भेटिएकी हुन्।
उनि सँगै छोरी उषा ठाकुर समेत सँगै खेत पुगेर दाउरा टिप्न भनी निस्केकोमा केहि समयपछि दाउरा टिपेर फ़र्क़दा आमा अचेत अवस्थामा भेटीएकाे उषाले बताइन । उषाले आमाको खुट्टामाथि केहि माटो राखिएकोमा खेतमा काम गर्ने अन्यलाई बोलाउदा उनीहरुले आमाकाे मृत्यु भईसकेकाे बताएपछि प्रहरीलाई जानकारी गराएको बताइन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हरिण्य शर्माले स्वभाविक वा अन्य केहि कारणले मृत्यु भएको हो वा हत्या हो भन्ने अहिले नै यकीन गर्न नसकिने बताए। घटना स्थलमा पुगेका एसपी शर्माले घटना स्थलमा अनुसन्धानको लागि प्रशिक्षित कुकुर सहितकाे टोली झिकाई घटनाबारे अनुसन्धान सुरू गरेको बताए।
उनले आज घटना स्थल मुचुल्का पश्चात शव पोस्टमार्टमको लागि पठाएकाे बताए। उनका अनुसार पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धान रिपोर्ट पछि मात्र मृत्युको कारण खुल्ने जनाए।
Facebook Comment
Comment