म्याग्दीको गलेश्वर धाम : श्रद्धा र इतिहासको सङ्गम (तस्वीरहरू)

म्याग्दीको गलेश्वर धाम : श्रद्धा र इतिहासको सङ्गम (तस्वीरहरू)

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा रहेको एक प्रख्यात धार्मिकस्थल हो गलेश्वर महादेव मन्दिर ।

कालीगण्डकी नदीको किनारको ९ रोपनी क्षेत्रफलमा एउटै ढुङ्गामाथि रहेको यो धार्मिक क्षेत्र विशेषगरी हिन्दुधर्मावलम्बीको आस्थाको केन्द्र हो ।

भगवान् शिवले समेत यहाँ तपस्या गरेको स्थानीय जनश्रुति छ । यस क्षेत्र महर्षि पुलस्त्यको तपोभूमि भएको विश्वास पनि गरिन्छ । यसैले यसलाई श्रद्धा र इतिहासको सङ्गम रुपमा लिइन्छ ।

मन्दिरमा रहेको शिवलिङ्गको आकृति घाँटीजस्तो देखिने भएकोले यसको नाम ‘गलेश्वर’ भएको मान्यता छ ।

गलेश्वर धामलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ ।

हेरौं तस्वीरमा :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved