माइतीघरबाट आएका रास्वपाका कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोक्यो (तस्वीरहरू)

माइतीघरबाट आएका रास्वपाका कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोक्यो (तस्वीरहरू)

काठमाडौं । विरोध प्रदर्शन सकेर माइतीघरबाट आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई प्रहरीले बानेश्वरमा रोकेको छ ।

आफ्नो दलका शीर्ष नेता र सांसदसहित आएका उनीहरूलाई प्रहरीले नयाँ बानेश्वर चोकचन्दा अघि बढ्न नदिएपछि केहीबेर तनावको अवस्था आएको थियो ।

कार्यकर्तालाई रोके पनि रास्वपाका सांसदहरू भने हिँडेरै संसद् भवनभित्र छिरेका छन् ।

संघीय संसदको चौथो ठूलो दल रास्वपाले आज (शनिबार) आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा माइतीघरमा ‘सडक र संसद्’ नामक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved