अब गण्डकी प्रदेश आफैँले लाइसेन्स छाप्ने, राइड सेयरिङको नियमन गर्ने

नेपालभ्युज

अब गण्डकी प्रदेश आफैँले लाइसेन्स छाप्ने, राइड सेयरिङको नियमन गर्ने

काठमाडौं । अब गण्डकी प्रदेश सरकारले आफैँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री टकराज गुरुङले आइतबार प्रदेशसभामा आर्थिक वर्ष २०८२–८३ को बजुट प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

प्रदेशमै लाइसेन्स छपाइ गर्न आगामी आर्थिक वर्षका लागि सरकारले आगामी १० करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।

‘यातायात क्षेत्र सुधारका लागि अधिकतम् प्रविधिको प्रयोग गरिने छ,’ मन्त्री गुरुङले भने, ‘सवारी साधन करलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न व्यवस्था मिलाउनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।’

स्वदेशी एपलाई प्राथमिकता दिइए यात्रुलाई सुरक्षाको प्रत्याभूति गर्न राइड सेयरिङ र सेल्फ ड्राइभिङलाई प्रभावकारी रुपमा नियमन तथा व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले जेष्ठ नागरिक, र अपांगता भएकालाई सवारी भाडामा छुट दिने निर्णयसमेत गरेको छ ।

गण्डकी सरकारले जेष्ठ नागरिक र अपांगता भएकालाई सवारी भाडामा छुट दिने


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved