महाशिवरात्रि : पशुपतिनाथको दर्शनका लागि भक्तजनको भीड (फोटोफिचर)

महाशिवरात्रि : पशुपतिनाथको दर्शनका लागि भक्तजनको भीड (फोटोफिचर)

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज (बुधबार) बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो ।

हिन्दुहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आज पाशुपत क्षेत्रमा सर्वसाधारदेखि नेतासम्मको घुइँचो लागेको छ । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसी पनि पाशुपत क्षेत्र पुगेको देख्न सकिन्छ ।

बच्चादेखि वृद्धसम्म हरेक उमेर समूहका मानिस पाशुपत क्षेत्रमा देखिएका छन् ।

महाशिवरात्रिका अवसरमा अघिल्लो वर्ष झैँ यो पटक पनि छिमेकी देश भारतबाट उलेख्य सङ्ख्यामा दर्शनार्थी आएको पाइएको छ ।

भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

सुरक्षाका लागि आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।

हेरौं दर्शनार्थी फोटोफिचरमा :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved