देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्वीरहरू)

नेपालभ्युज

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (तस्वीरहरू)
तस्वीरहरू : सफलप्रकाश श्रेष्ठ /नेपाल फोटो लाइब्रेरी ।

ललितपुर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँगै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत जावलाखेल पुगेका थिए ।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

त्यस अवसरमा राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा सकिएको छ ।

तस्वीरहरू :

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved