कीर्तिपुरमा धकेलाधकेलपछिको झडपमा दुई प्रहरीसहित सात घाइते, एकको अवस्था गम्भीर

नेपालभ्युज

कीर्तिपुरमा धकेलाधकेलपछिको झडपमा दुई प्रहरीसहित सात घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न त्रिवि क्रिकेट मैदान पुगेका दर्शकसँग धकेलाधकेलपछि भएको झडपका क्रममा दुई जना प्रहरी जवान पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार शनिबार दिउँसो जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीचको खेल हेर्न पुगेका दर्शकहरुबीच धकेलाधकेल पछि  केहीबेर झडपको अवस्था भएको हो ।

सो झडपमा क्रममा संघीय संसद् सुरक्षा बेस, नयाँ बानेश्वरमा कार्यरत २६ वर्षीय प्रहरी जवान अजय तामाङ र २८ वर्षीय दान बहादुर राउत घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार कीर्तिपुर अस्पतालमा सामान्य उपचार पछि  वीर अस्पताल रिफर गरिएका  तामाङलाई अहिले  बाँसबारीस्थित न्युरो अस्पताल लगिएको  छ । बोल्न नसक्ने अवस्थामा रहेका उनको टाउकोमा चोट लागेको बताइएको छ  ।

त्यस्तै,  कीर्तिपुर अस्पतालमा सामान्य उपचारपछि महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा रिफर गरिएका राउत भने बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

सोही घटनामा अन्य सात जना पनि घाइते भएको बताइएको छ । उनीहरुको वीर अस्पताल, टिचिङ अस्पताल लगायतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved