टी-२० विश्वकप कुन देशले जित्छ ? इयोन मोर्गनको भविष्यवाणी

नेपालभ्युज

टी-२० विश्वकप कुन देशले जित्छ ? इयोन मोर्गनको भविष्यवाणी

काठमाडौं । टी-२० विश्वकप (T20 world cup 2024) २०२४ जुन २ देखि वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्दैछ। प्रतियोगिताको उद्घाटन खेल अमेरिका र क्यानडाबीच डलासमा हुनेछ ।

प्रतियोगिताअघि दिग्गज क्रिकेटरहरूले कुन टोलीले उपाधि जित्छ भनेर अनुमान लगाउन थालेका छन् ।

यसैबीच इंग्ल्याण्डका पूर्वकप्तान इयोन मोर्गन(Eoin Morgan)ले यो विश्वकपको उपाधि भारतीय टोलीले जित्ने अनुमान गरेका छन् । उनले भारतीय टोलीसँग गहिराइ रहेको र कुनै पनि टोलीलाई ठूलो अन्तरले हराउन सक्ने क्षमता रहेको बताए ।

भारतीय टोलीले जुन ५ मा आयरल्याण्ड विरूद्ध टी २० विश्वकपमा आफ्नो अभियान सुरु गर्नेछ।

सन् २०१६ को टी–२० विश्वकपको फाइनल खेलेका मोर्गनले स्काई स्पोर्ट्ससँगको कुराकानीमा यस्तो बताएका हुन् । भारतीय टोलीमा नपरेका खेलाडीहरू पनि निकै उत्कृष्ट रहेको उनले बताए ।

यसअघि भारतका दिग्गज खेलाडी सुनिल गावस्करले यो विश्वकपको सेमिफाइनमा पुग्ने टोलीहरूको अनुमान गरेका थिए ।

टी-२० विश्वकप : कुन-कुन टोली सेमिफाइनलमा पुग्लान् ? यस्तो छ गावस्करको भविष्यवाणी

टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा

टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी

टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा

अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?

‘बेटिङ गढ’मा टी-२० विश्वकप : २०२३ मा करिब १० लाख करोड भारू बराबरको सट्टेबाजी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved