जनकपुरको एक होटेलमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला

नेपालभ्युज

जनकपुरको एक होटेलमा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
सांकेतिक तस्वीर

जनकपुरधाम । जनकपुरको एक गेस्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको  छ । ‘होटेल होलि डे एन्ड गेस्ट हाउस’मा महिला पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरु बच्चासहित चार दिनयता होटलमा बसेका थिए । मंगलबार बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुवैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।

महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा झुन्डिएको भेटिएको हो । ढोका फोडेर बालिकालाई बाहिर निकालिएको छ ।

उनीहरु पति पत्नी भने होइनन् । पुरूषको चार र महिलाको १ सन्तान छन् । घटनाको अनुसन्धान भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved