भक्तपुरको बिष्का जात्रा शुरु

नेपालभ्युज

भक्तपुरको बिष्का जात्रा शुरु

काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक बिष्का जात्रा आज शुरु भएको छ ।

मंगलवारबाट भक्तपुरमा जात्रा शुरु भएको हो । आज बिहानैदेखि तौमढीस्थित भैरवको रथमा पूजा गर्नेको भीड रहेको थियो । आज पूजा गरिएपछि रथ तानिएको थियो । आज रथ तानेर गहिटी लगिएको छ ।

पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved