राप्रपाको प्रदर्शनले उपत्यकाको यातायात सेवा प्रभावित, ठाउँठाउँमा जाम

नेपालभ्युज

राप्रपाको प्रदर्शनले उपत्यकाको यातायात सेवा प्रभावित, ठाउँठाउँमा जाम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनको क्रममा उपत्यकाभित्रका रुटमा चल्ने सवारीसाधन अधिक प्रभावित भएका छन् । सिंहदरबार आसपासक्षेत्रमा प्रदर्शन भएपनि ती रुटमा चल्नेदेखि सबैजसो ठाउँमा सवारी प्रभावित भएका हुन् ।

चोकचोकमा लामो समयसम्म जाम परिरहेको छ । धेरै ठाउँमा सवारी चापमा चलिरहेको छ । बिहान ११ बजेदेखि नै उपत्यकाका विभिन्न ठाउँमा सवारीसाधन आउजाउमा समस्या भएको काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

४० बुँदे माग राखेर राप्रपाले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भए । दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ । प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले गरेका छन् । निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved