ब्ल्याक एण्ड डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

नेपालभ्युज

ब्ल्याक एण्ड डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

काठमाडौं । घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक एण्ड डेकरले आफ्नो ग्राहकहरूको लागि नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै ‘New Joys, New Celebrations’ नामक योजना अघि सारेको छ ।

उक्त योजनाअन्तर्गत ग्राहकवर्गहरुले ब्ल्याक एण्ड डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हप्ता उपहार जित्न सक्नेछन् ।

ब्ल्याक प्लस डेकोरको कुनै पनि उपकरणको खरीदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले ब्ल्याक एण्ड डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्नेछन् ।

यस योजनामा सहभागी हुन ग्राहकवर्गहरुले विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ ।

र, साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सकिनेछ । साथै, ब्ल्याक प्लस डेकोरका उपकरणहरुको तीस हजारमाथिको खरिदमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक एण्ड डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ ।

यो योजना चैत्र २७ गतेदेखि देशभर सिमित अवधिको लागि लागू गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved