विश्वका सबैभन्दा वृद्ध व्यक्ति टिनिसवुडको जीवन मन्त्र

नेपालभ्युज

विश्वका सबैभन्दा वृद्ध व्यक्ति टिनिसवुडको जीवन मन्त्र

काठमाडौं । बेलायती नागरिक जोन टिनिसवुड विश्वको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार अप्रिल २ मा उनी सबैभन्दा वृद्ध व्यक्ति बनेका हुन् । यसअघिका सबैभन्दा वृद्ध व्यक्ति भेनेजुएलाका ११४ वर्षीय जोन भिसेन्ट पेरेजको गत हप्ता मृत्यु भएको थियो ।

टिनिसवुडले द सनसँगको कुराकानीमा आफ्नो लामो आयुको रहस्य खुलासा गरेका छन् । उनी भन्छन्, ‘हप्ताको शुक्रबार माछा र चिप्स खान्छु। हरेक कुरामा सन्तुलन कायम राख्नु नै लामो आयुको रहस्य रहेछ ।’

रहेनन् संसारकै सबैभन्दा वृद्ध व्यक्ति, भन्थे- दैनिक एक गिलास उखुको रक्सी पिएर धेरै बाँचे

टिनिसवुडको जन्म सन् १९१२ मा इङ्गल्याण्डको मर्सीसाइडमा भएको थियो। उनी पेशाले एक सेवानिवृत्त लेखापाल र हुलाक सेवा कर्मचारी हुन्।

उनको उमेर १११ वर्ष २२८ दिन भएको छ । टिनिसवुड एक केयर होममा बस्छन् ।

आफ्नो दीर्घायुको बारेमा कुरा गर्दै टिनिसवुड भन्छन्, ‘कोही मानिस लामो बाँच्छन् भने कोहीको जीवनको यात्रा छोटो हुन्छ । तथ्य यो हो कि हामी यसमा केहि गर्न सक्दैनौं। आफूलाई भाग्यमानी ठान्नुपर्छ ।’

टिनिसवुडको जीवन मन्त्र-

  • सबै कुरामा धैर्यता कायम राख्नुहोस् र जीवनमा अगाडि बढ्नुहोस्।
  • दिनभर कुर्सीमा बस्नु राम्रो होइन।
  • आफ्नो सोचलाई सकेसम्म विस्तार गर्नुहोस्। एउटै कुरामा अडिग रहनु हुँदैन ।
  • आफूलाई फिट राख्ने प्रयास गर्नुहोस्। आफ्नो खानेकुरा र पेय पदार्थको ख्याल राख्नुहोस्।
  • जीवनलाई माया गर्नुहोस् र लामो जीवन बाँच्नको लागि हास्यको राम्रो भावना आवश्यक छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved