युद्धको ६ महिना

इजरायलमा सरकार विरोधी व्यापक प्रदर्शन, प्रधानमन्त्री नेतान्याहु असफल भएको आरोप

नेपालभ्युज

इजरायलमा सरकार विरोधी व्यापक प्रदर्शन, प्रधानमन्त्री नेतान्याहु असफल भएको आरोप

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको विरोध गर्दै एक लाख भन्दा बढी सर्वसाधारणले प्रदर्शन गरेका छन् । हमासले बन्धक बनाएका बन्दीकालागि सम्झौता गर्न माग गर्दै लाखौं मानिस सडकमा उत्रिएका हुन् ।

गाजामा बन्धक छुटाउन सम्झौताको माग गर्दै सरकार विरुद्ध व्यापक नारा जुलुस भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि सर्वसाधारण आक्रोशित भएका हुन् । बन्दी छुटाउन सरकार उदाशिन भएको भन्दै राजधानीसहितका मुख्य सहरमा प्रदर्शन भएको छ ।

प्रदर्शनकारीले तत्काल गाजा (Gaza) सँग सम्झौता गरेर बाँकी रहेका बन्धक (Hostage) फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरालमा आक्रमण गर्दा दुई सय ५३ जनालाई बन्धक बनाएर लगेको थियो ।

उनीहरुमध्ये एक सय २४ जना रिहा भएका छन् । बाँकी एक सय २९ जनामध्ये इजरायली सेनाले अहिलेसम्म १४ जनाको शव फेला पारेको छ । हमास इजरायल युद्ध (War) सुरु भएको ६ महिना पुरा भएको छ । यसै अवसरमा इजरायली र प्यालेस्टाइनी दुवै पक्षले शोक मनाएका छन् ।

६ महिनाको अवधिमा इजरायली सेनाको आक्रमणबाट गाजामा ३३ हजारभन्दा धेरैको ज्यान गएको छ । नोभेम्बरमा एक हप्ताको युद्धविराम पछि पुनः सुरु भएको वार्तामा कुनै प्रगति भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved