रास्वपा लक्षित कांग्रेस नेता सिंहको टिप्पणी- मुलुकमा ताण्डव नृत्य देखाइरहेका छन्

नेपालभ्युज

रास्वपा लक्षित कांग्रेस नेता सिंहको टिप्पणी- मुलुकमा ताण्डव नृत्य देखाइरहेका छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु ठूल्ठूला काण्डमा फसेको आरोप लगाएका छन् ।

रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी घोटालाप्रति लक्षित गर्दै उनले सो कुरा बताएका हुन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले आफ्नो जिम्मेवारी पूरा नगर्नेहरुले सुशासनको ठूल्ठूला कुरा गर्ने गरेको जिकिर पनि गरे । उनले पुरानो दलको विरोध गर्नेहरुले नयाँको नाममा मुलुकमा ताण्डव नृत्य देखाईरहेको बताए ।

नेता सिंहले कांग्रेसले मुलुकको आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नेगरी पार्टीको संगठन बनाउनुपर्ने आवश्यकता औंल्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved