क्यान्सरसँग जुधिरहेकी श्रीमतीप्रति भावुक भए नवजोत

नेपालभ्युज

क्यान्सरसँग जुधिरहेकी श्रीमतीप्रति भावुक भए नवजोत

एजेन्सी । भारतीय पूर्व क्रिकेटर तथा कांग्रेस नेता नवजोत सिंह सिद्धुकी श्रीमती डा.नवजोत कौर सिद्धु क्यान्सरसँग जुधिरहेकी छन् ।

उनलाई मेटास्टेसिस (दुर्लभ क्यान्सर) भइरहेको छ, मेटास्टेसिसको अर्थ हो क्यान्सर तपाईंको शरीरमा जुन हिस्सामा शुरु भएको थियो, त्यो कहीँ अन्तै अर्को स्थानमा फैलिँदै जानु ।

आईपीएलमा कमेन्ट्री गरिरहेका सिद्धुले एक्स (ट्वीटर) मा आफ्नी श्रीमतीको स्वास्थ्यलाई लिएर भावुक पोस्ट शेयर गरेका छन् ।

सिद्धुकी श्रीमती कौरले दुर्लभ क्यान्सर मेटास्टेसिसका लागि ब्रेस्ट सर्जरी गराइरहेकी छन् । सिद्धुले लेखेका छन्, “डा. नवजोतको ब्रेस्ट क्यान्सरको दोस्रो सर्जरी भयो, अपरेशन पूरा साढे तीन घण्टासम्म चल्यो ।”

उनले अगाडि लेखे, “दुर्लभ मेटास्टेसिसका लागि अपरेशनबाट प्रभावित छालालाई हटाइएको छ र फ्लेपका साथ री–कन्स्क्ट्रक्शन गरियो ।” सिद्धले अगाडि यस्तो पनि लेखेका छन् कि उनको अनुहारबाट कहिल्यै मुस्कान हराउँदैनथ्यो । आफ्नो पोस्टमा सिद्धुले डा.रुपिन्दरको बारेमा पनि बताएका छन् जसले उनकी श्रीमतीको उपचार गरिरहेका छन् ।

कौरलाई मार्च २०२३ मा स्टेज २ को यो क्यान्सरको बारेमा थाहा भएको थियो । त्यतिबेला उनका पति सिद्धु पटियाला सेन्ट्रल जेलमा एक वर्षको सजाय काटिरहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved