धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण, काठमाडौं उड्न लाग्दा मानेनन् यात्रु

नेपालभ्युज

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण, काठमाडौं उड्न लाग्दा मानेनन् यात्रु
फाइल तस्वीर

पोखरा । धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण भएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको हो ।

धनगढीबाट बिहान ९ः१५ बजे उड्ने भनिएको जहाज १० बजे उडेको थियो । सामान्य प्राविधिक समस्या देखिएकाले पोखरा डाइभर्ट गर्नुपरेको जानकारी गराइएको थियो ।

श्री एयरलाइन्सको पोखरा इन्चार्ज नवदीप केसीका अनुसार इन्डिकेटरमा समस्या देखिएका कारण काठमाडौं उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको हो ।

इन्जिनियरद्वारा प्राविधिक चेकजाँच भइसकेर काठमाडौं उड्न लाग्दा धनगढीबाट आएका यात्रुले नमानेको एयरलाइन्सले जनाएको छ ।

यात्रुहरू अहिले पोखरा विमानस्थलमै छन् । यात्रुहरु अर्को जहाजको प्रतिक्षामा छन् ।

एक साताअघि पनि धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपत्कालीन अवतरण भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved