नयाँ वर्षमा सामसङको अफर नै अफर, आकर्षक छुटदेखि एक्सचेन्ज सुविधासम्म

नेपालभ्युज

नयाँ वर्षमा सामसङको अफर नै अफर, आकर्षक छुटदेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा खुसी फैलाउने लक्ष्यका साथ सामसङले “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी साधैलाई” अफर ल्याएको छ ।

जसमा ग्राहकहरूले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको खरिद गर्न सक्नेछन् । यो विशेष छुट अफर २०८१ जेठ २ गतेसम्म लागु हुनेछ ।

सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्जमध्ये कुनैपनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको छुट दिएको छ ।

आफ्नो नागरिकता पेस गरी ग्राहकहरूले ५५ इन्च वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा इनस्टान्ट लोन पाउन सक्नेछन् र इनस्टा फाइनान्स सेवा मार्फत ईएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्च वा सो भन्दा सानो टिभी खरिद गर्दा ईएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् ।

ग्राहकहरूले आफ्ना नयाँ खरिदहरूबारे पनि पूर्ण रूपमा ढुक्क हुन सक्छन्, किनभने सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको छ ।

यसको साथै कुनै पनि सामसङ टिभीको खरिद सँगै ग्राहकहरूले साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक छुट पाउन सक्नेछन् । अझ छानिएका सामसङको ७५ इन्च भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् भने ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभीको खरिद गर्दा ग्यालेक्सी ए.१५(८/१२८) मोबाइल फोनमा ५ हजार रूपैयाँ छुट पाउनेछन् ।

सोही अफरले यस नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ ।

आफ्नो घरमा नयाँ वाशिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका अद्भुत रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरूमा क्यासब्याक पाउने र एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ ।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआईटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डीआईटी मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ ।

सामसङको कुनै पनि विशेष टिभी र घरेलु उपकरणहरूमा अपग्रेड गर्दा एक्सचेन्जमा ग्राहकहरूले उत्कृष्ट मूल्याङ्कन प्राप्त गर्न सक्ने छन्। ग्राहकहरूले यो अफर एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कम मार्फत अनलाइनमा लिन सक्ने छन् ।

यसका साथै ग्राहकहरूले अर्कोस्टोर डट कम मार्फत ५५ इन्च र ६५ इन्च ए.यु.७७०० क्रिस्टल् टिभी अनलाइन एक्सचेन्ज गर्दा ५ हजार ५ सय रूपैयाँसम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि यो नयाँ वर्षमा प्रदान गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved