‘महाजात्रा’ले दुई सातामा कति कमायो?

नेपालभ्युज

‘महाजात्रा’ले दुई सातामा कति कमायो?

काठमाडौं । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ (Mahajatra )शुक्रबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ।

चैत ९ गतेदेखि हलमा लागेको फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

यसैबीच निर्माण टिमले फिल्मको दुई साताको नेपालभित्रको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ।

देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत फिल्मले दुई सातामा १० करोड १४ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माण कम्पनी षट्कोण आर्टसले जनाएको छ ।

पहिलो साता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको फिल्मले दोस्रो साता ३ करोड ९० लाख कमाइ गरेको हो।

तेस्रो सातामा पनि फिल्मले राम्रो व्यापार गर्ने विश्वास लिइएको छ।

चलचित्रमा हरिवंश आचार्य (Haribansa Acharya), बिपिन कार्की (Bipin Karki), वर्षा राउत (Barsa Raut), रवीन्द्र सिंह बानियाँ (Rabindra Shing Baniya), रवीन्द्र झा (Rabindra Jha), दिव्य देव (Dibya Dev), आदि लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक प्रदीप भट्टराई (Pradip Bhattarai) ले निर्देशन गरेको चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्।

चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved