हस्तमैथुनले स्वास्थ्य साँच्चै खराब हुन्छ ?

नेपालभ्युज

हस्तमैथुनले स्वास्थ्य साँच्चै खराब हुन्छ ?

एजेन्सी । के हस्तमैथुन गर्दा स्वास्थ्य खराब हुन्छ ? यस्तै सोंचिरहनु भएको छ भने तपाईं मात्रै हुनुहुन्न । हस्तमैथुन गर्दा स्वास्थ्य खराब हुन्छ भन्ने धेरैको बुझाई छ । आज यहीबारेमा जान्ने प्रयास गरौं ।

कतिपय मानिसलाई यस्तो लाग्छ कि हस्तमैथुन वा मास्टरवेशनको कारणले गर्दा शरीरमा कमजोरी आउने गर्छ के यो साँचो हो ? यहाँसम्म कि हस्तमैथुनले गर्दा शारीरिक विकास नहुने, उचाई नबढ्ने, तौल नबढ्ने समस्या सामना गर्नुपर्ने हुन सक्छ भन्ने बुझाई पनि छ ।

हस्तमैथुनप्रति गलत बुझाई

माथि बताइएको बुझाई हस्तमैथुनललाई लिएर गलत हो । धेरैमा हस्तमैथुन गर्ने क्रममा शरीरको धेरै ऊर्जा खर्च हुन्छ जसले गर्दा शरीर कमजोर हुन्छ भन्ने बुझाई छ जो एकदमै गलत हो ।

शरीरमा सीमित मात्रामा ऊर्जा सीमेनको उत्पादनका क्रममा खर्च हुन्छ । सीमेन उत्पादन र शारीरिक कमजोरीको आपसमा कुनै पनि सम्बन्ध छैन ।

सीमेनको उत्पादन एउटा प्रक्रिया हो जो १४ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ र जीवनभर चलिरहन्छ । यसका लागि शरीरलाई छुट्टै कुनै ऊर्जाको आवश्यकता पर्दैन ।

हस्तमैथुनले तनाव कम हुन्छ ?

हस्तमैथुन गर्नाले कयौं हर्मोन रिलीज हुन्छन् । यी हर्मोनले हाम्रो दिमागमा फरक फरक प्रकारको प्रभाव पार्छन् ।

हस्तमैथुन गर्दा खुशीका लागि चाहिने हर्मोन डोपामाइन रिलीज हुन्छ । यसबाहेक हस्तमैथुन गर्दा दुःखाई कम गर्ने हर्मोन एन्डोर्फिन पनि रिलीज हुन्छ । यो हर्मोनले तनाव कम हुन्छ र मुड राम्रो हुन्छ ।

यही कारणले गर्दा हस्तमैथुनपश्चात् मानिसहरु आराम वा आनन्द महसुस गर्छन् । यसले तपाईंलाई राम्रो निद्रा ल्याउन पनि सहयोग गर्छ ।

अत्यधिक हस्तमैथुन गर्नबाट बच्नुहोस्

हस्तमैथुन(masturbation)को सधैं सकारात्मक प्रभाव नै हुन्छ भन्ने जरुरी हुँदैन । हस्तमैथुनका नराम्रा प्रभाव पनि देखिन सकिन्छ ।

त्यसो त यो सामान्य प्रक्रिया हो तर, तपाईंले यसलाई लिएर सोंच्नुभयो भने कतिपय अवस्थामा दिमागमा नराम्रो असर पनि पार्न सक्छ । अर्थात यसकै बारेमा सोचिरहँदा काममा फोकस हुँदैन ।

मनोवैज्ञानिकका अनुसार यसको बारेमा हरेक समय सोंच्ने गर्नु गलत हुन्छ किनकी यसले अन्य काममा फोकस पुग्दैन जसले गर्दा तपाईंको रचनात्मक क्षमता कमजोर हुन्छ ।

हस्तमैथुनको नराम्रो असर हुँदैन र यसले कुनै शारीरिक कमजोरी पनि बनाउँदैन । तर, कुनै पनि कुरा अत्यधिक लिनु वा सेवन गर्नु हानिकारक हुन्छ त्यसरी नै यसलाई लिन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved