बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेबाट को-को बन्दैछन् मन्त्री ?

नेपालभ्युज

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, एमालेबाट को-को बन्दैछन् मन्त्री ?

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले सत्तारूढ दल नेकपा एमालेबाट ४ जना मन्त्री नियुक्त गर्न लागेका हुन् ।

जसमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी भएको एक नेताले जानकारी दिए ।

उनीहरूको आजै दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमालेबाट यसअघि आर्थिक मामिला मन्त्रीको रूपमा जगन्नाथ थपलिया सरकारमा सहभागी भइसकेका छन् ।

यसअघि मंगलबार बिहान मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved