अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन ओलीको आग्रह

नेपालभ्युज

अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन ओलीको आग्रह

कााठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्ने गरी होली मनाउन आग्रह गरेका छन्  ।

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका  हुन् । उनले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताए । उनले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताए । उनले चुनावमा धेरै अविर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अविर नलगाइ विजय मनाउने गरेको बताए ।

उनले भने, ‘ स्वास्थ्यमा ध्यान दिएर खेल्नुहोला, आर्थिक पक्षमा ध्यान दिनुपर्छ । अनावश्यक व्ययभार पर्नेगरी खर्च नगर्नुस् । यस होलीले हामीलाई सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिलोस् ।’

अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताए । उनले इच्छा विपरित होली नखेल्न पनि आग्रह गरे । उनले होली पर्वहरुमध्येको पनि पुरानो पर्व भएको उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved