अन्डाभन्दा धेरै प्रोटिन पाउन खानुहोस् यस्ता चिज

नेपालभ्युज

अन्डाभन्दा धेरै प्रोटिन पाउन खानुहोस् यस्ता चिज

एजेन्सी । अन्डालाई प्रोटिनको राम्रो स्रोत मानिन्छ । अन्डालाई मांसहारी खाना मान्ने व्यक्तिहरू जो शाकाहारी हुन्छन् उनीहरूले अन्डा खानबाट बच्ने गर्छन् । अन्डामा फ्याटको मात्रा पनि राम्रै हुन्छ । त्यसैले यो मधुमेह र मुटुरोगीहरूका लागि धेरै सेवन गर्नु त्यति फाइदाजनक मानिँदैन ।

तपाईं पनि शाकाहारी हुनुहुन्छ वा अन्डा खान मनाही छ भने तपाईंलाई त्यस्ता अन्य केही खानाहरू खान सक्नुहुन्छ जसले गर्दा अन्डाको आवश्यकता पर्ने छैन । आज हामी त्यस्तै केही खानाहरू बताउनेछौं जसको सेवन गरेर अन्डाबाट भन्दा धेरै प्रोटिन पाउन सकिन्छ-

ब्रोकाउली

तपाईं आफ्नो डाइटमा ब्रोकाउलीलाई समावेश गर्न सक्नुहुन्छ । यसमा एकदमै कम फ्याट हुन्छ । साथमा यसमा हुने मिनरल्स, एन्टीअक्सीडेन्टहरूले यसलाई अन्डाभन्दा पनि फाइदाजनक बनाउँछ ।

हरियो मटर

हरियो मटरमा भरपूर मात्रामा म्याग्नेज, फस्फोरस, कपर र फोलेट पाइन्छ । प्रोटिनले भरपूर मटरको सेवनले कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ ।

बन्दागोभी

बन्दागोभी पनि सबैभन्दा धेरै प्रोटिन हुने तरकारीमा पर्दछ । यसमा म्याग्नेज, पोटाशियम, भिटामिन सी र के पाइन्छ ।

पालक

पालक भिटामिन ए, के र सीको राम्रो स्रोत हो । यसको सेवनले तपाईंको रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । साथमा यो तपाईंको आँखाको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

च्याउ

च्याउ पनि शाकाहारी खानभित्र पर्दछ । जसलाई तपाईं विभिन्न पौष्टिक तत्वका लागि सेवन गर्न सक्नुहुन्छ । यसमा प्रोटिनको मात्रा पनि प्रशस्त पाइन्छ ।

एवोकाडो

एवोकाडो स्वस्थ फ्याटका लागि प्रचलित फल हो । यसमा राम्रो मात्रामा प्रोटिन पनि हुन्छ । साथमा यसमा फाइबर र पोटाशियम पनि पाइन्छ ।

मुंगफली

प्रोटिनका लागि तपाईं मुंगफलीलाई पनि आफ्नो खानपानमा समावेश गर्न सक्नुहुन्छ । यसमा त्यति नै प्रोटिन पाइन्छ जति एक प्लेट कुखुराको मासुमा पाइने गर्छ ।

मकै

तपाईं हरियो मकैलाई पनि आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसलाई पोषक तत्वहरूको पावरहाउस मानिन्छ । यसमा हुने थियामिन, भिटामिन सी र फोलेटले तपाईंलाई स्वस्थ राख्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved