सर्वोच्चबाट पनि दोषी ठहर भईन् पूर्व सहसचिव राजभण्डारी

नेपालभ्युज

सर्वोच्चबाट पनि दोषी ठहर भईन् पूर्व सहसचिव राजभण्डारी
फाइल फाेटाे

काठमाडौं ।  पूर्वसहसचिव सावित्री राजभण्डारीलाई  सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार  विशेष अदालतको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  राजभण्डारीमाथि २ करोड ९३ लाख गैरकानूनी आर्जन गरेको आरोपमा २०६२ साल ५ भदौ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनीमाथि गैरकानुनी रुपमा २ करोड ४६ लाख आर्जन गरेको ठहर गरी  एक वर्षको कैद सजाय सुनाएको थियो । साथै विशेष अदालतले भ्रष्टाचार ठहर भएको रकम जफत हुने फैसला गर्दै  उननलाई त्यति नै जरिवाना गर्ने आदेश पनि गरेको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved