फागुनमा रोजगारीका लागि साढे ६५ हजार नेपाली विदेशिए

नेपालभ्युज

फागुनमा रोजगारीका लागि साढे ६५ हजार नेपाली विदेशिए
फाइल तस्वीर

काठमाडौं । रोजगारीका लागि फागुन महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागकाअनुसार फागुनमा ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।

फागुनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेमा ६ हजार ७ सय ६८ महिला छन् भने बाँकी पुरुष रहेका छन् ।

यस वर्षको फागुनमा विदेशिने नेपालीको संख्या अघिल्लो वर्ष सोही महिनाको तुलनामा बढी हो । अघिल्लो वर्षको फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved