बच्चामा देखिन्छन् सुगरका यस्ता लक्षण

नेपालभ्युज

बच्चामा देखिन्छन् सुगरका यस्ता लक्षण

एजेन्सी । रगतमा सुगरको समस्या कुनै पनि उमेरमा हुन सक्छ । अहिलेको समयमा सुगर यानिकी मधुमेहले साना बच्चाहरु पनि प्रभावित भइरहेका छन् । यस्तोमा आउनुहोस् विशेषज्ञबाट जानौं बच्चामा देखिने मधुमेहका लक्षणहरुका बारेमा–

  •  बच्चामा मधुमेहका लक्षण अलि ढिला देखिन्छन् र सजिलै चिन्न पनि सकिँदैन । यस्तोमा बच्चाको एकदमै धेरै रेखदेखको आवश्यकता पर्दछ ।
  •  बच्चालाई मधुमेह हुँदा धेरै तिर्खा लाग्ने गर्छ । यदि तपाईंको बच्चा आवश्यकता भन्दा धेरै पानी पिइरहेको छ भने यो मधुमेहको लक्षण हुन सक्छ भन्ने बुझ्नुहोस् ।
  •  रगतमा सुगरको मात्रा बढ्दा बच्चाहरु पटक पटक ट्वाइलेट जान्छन् र ओछ्यानमा पनि पिसाब फेर्न सक्छन् । यदी ओछ्यानमा पिसाब नफेर्ने बच्चाले लगातार पिसाब फेर्न थाल्यो भने मधुमेहको लक्षण हुन सक्छ ।
  •  कैयौंपटक ब्लड सुगरको समस्या हुँदा बच्चाले स्वास फेर्न पनि गाह्रो मान्छन् र पटकपटक बेहोस हुने जस्तो समस्या पनि हुन सक्छ ।
  •  चिडचिडापन, पटकपटक रुनु, रिसाउनु, बच्चाको मुडमा एकदमै धेरै परिवर्तन आउनु आदि पनि मधुमेहका लक्षण हुन सक्छन् ।
  •  कतिपय अवस्थामा बच्चाको तौल असन्तुलित हुन्छ, यस्तोमा बच्चाको तौल एकदमै बढ्ने वा एकदमै घट्ने भइरहेको छ भने पनि मधुमेहको लक्षण हुन सक्छ ।
  • मधुमेहको समस्या हुँदा बच्चालाई हिँड्डुल गर्न पनि समस्या हुन्छ र छिटो थाक्ने गर्दछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved