कांग्रेससँगको गठबन्धनमा गोत्र मिलेन : सांसद यादव

नेपालभ्युज

कांग्रेससँगको गठबन्धनमा गोत्र मिलेन : सांसद यादव

काठमाडौं । माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताए ।

कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको यादवको भनाई छ ।

उनले कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको दाबी गरे । वैचारिक र सैद्धान्तिक रुपमा अग्रगामी पार्टी माओवादी केन्द्र रहेको यादवले बताए ।

अहिलेको गठबन्धन वैद्धारिक र सैद्धान्तिक हिसावले देशको आवश्यकता भएको यादवको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved