‘कलेज जान्छु’ भनेर हिँडेकी युवतीको शव तारे भिरमा गाडेको अवस्थामा फेला

नेपालभ्युज

‘कलेज जान्छु’ भनेर हिँडेकी युवतीको शव तारे भिरमा गाडेको अवस्थामा फेला

काठमाडौं । काठमाडौंबाट बेपत्ता भएकी युवतीको शव पुरेको अवस्थामा फेला परेको छ ।

माघ २२ गते बेपत्ता भएकी १८ वर्षीय सुस्मा लामाको शव गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर क्षेत्रको जंगलमा गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

लामाको शव फागुन २५ मा उत्खनन् गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

लामाको हात खुट्टा बाँधेको अवस्थामा शव भेटिएको एसपी अधिकारीले बताए । लामा कक्षा १२ मा पढ्थिन् ।

‘कलेज जान्छु’ भनेर हिँडेकी लामा बेपत्ता भएपछि परिवारले प्रहरीमा खोजी गर्न निवेदन दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved