जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी

नेपालभ्युज

जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, ह्वीप जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्वीप समेत जारी गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि भोलि संसदबाट विश्वासको मत लिने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved