मिटरब्याज पीडित र सरकारबीच आज पुन: वार्ता हुँदै, आयोगको मोडालिटीका विषयमा छलफल हुने

नेपालभ्युज

मिटरब्याज पीडित र सरकारबीच आज पुन: वार्ता हुँदै, आयोगको मोडालिटीका विषयमा छलफल हुने

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई आज पुन: वार्ताका लागि बोलाएको छ । आन्दोलनरत मिटरब्याजी पीडित संघर्ष समिति र सरकारबीच आज पुनः वार्ता हुन लागेको हो ।

वार्ता बिहान ११ बजे हुने गृहमन्त्रालयले जनाएको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीच हिजो भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो ।

हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको संघर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताए । सरकार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुरहरुको समस्या समाधान गर्न आयोग गठन गर्न सहमत भएको बताइएको छ ।

आजको वार्तामा अब बन्ने आयोगको क्षेत्राधिकार, कार्यदिशा र शर्त लगायतका विषयमा छलफल हुने कुशवाहले बताए ।

मिटरब्याज पीडितहरु अधिकारसम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै ४२ दिनदेखि निरन्तर आन्दोलनमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved