कान्ति लोकपथ डेढ महिना बन्द गरिदै, ६७ वर्षदेखि अझै निर्माणाधिन

नेपालभ्युज

कान्ति लोकपथ डेढ महिना बन्द गरिदै, ६७ वर्षदेखि अझै निर्माणाधिन

काठमाडौं । ललितपुरको सातदोबाटोबाट हेटौंडा पुग्ने कान्ति लोकपथ आगामी चैतदेखि डेढ महिना बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि चैत १ गतेदेखि वैशाख १५ सम्म राजमार्ग बन्द गर्न लागिएको हो ।

मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बन्द हुनेछ । करिब डेढ किलोमिटरसडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो ।

चौडा गर्ने क्रममा सडकमाथिका कडा चट्टान कटिङ गर्न ४५ दिन लाग्ने सडक आयोजनाको कार्यालयको अनुमान छ । विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि अझै निर्माणाधीन अवस्थामै छ ।

विसं २०१३ सालमा शिलान्यास गरिएको काठमाडौंलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी नै छ । कान्ति लोकपथको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको लम्बाइ ९२ किलोमिटर छ ।

ललितपुरकोे टीकाभैरवदेखि तिनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन हुँदै हेटौँडा पुग्ने सजिलो मार्गका रुपमा विकास गरिन लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved