राजनीतिक संकटका बीच गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालभ्युज

राजनीतिक संकटका बीच गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकीको प्रदेशसभा अधिवेशन भोलि (शुक्रबार) अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएका हुन् ।

काठमाडौंमा राजनीतिक समीकरण फेरिएपछि ‍सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी सरकारसमेत अल्पमतमा पर्ने सम्भावना थियो । सो अगावै प्रदेश सरकारले अधिवेशन अन्त्यको निर्णय लिएको हो ।

फागुन १६ गतेदेखि सुरु भएको गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन ३ दिन मात्रै चलेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved