माधव नेपाल निवास पुगे प्रचण्ड र ओली

नेपालभ्युज

माधव नेपाल निवास पुगे प्रचण्ड र ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा पुगेका छन् ।

उनिहरुसँगै एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि नेपाल निवास पुगेका हुन् ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन तोडेर प्रचण्ड एमालेतिर लागेपछि एकीकृत समाजवादीले कुनै निर्णय नगरेकाबेला नेताहरुबीच भएको यो भेटघाटलाई अर्थपूर्ण रुपमा लिइएको एमालेका एक नेताले बताए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार पनि अध्यक्ष नेपालको निवासमै पुगेर गठबन्धनमा सहभागी हुने विषयमा छलफल गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved