हमास प्रतिनिधिमण्डल कायरोमा, गाजा युद्धविरामबारे वार्ता गरिने

नेपालभ्युज

हमास प्रतिनिधिमण्डल कायरोमा, गाजा युद्धविरामबारे वार्ता गरिने

कायरो । गाजा-सत्तारुढ इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को उच्चस्तरीय प्रतिनिधिमण्डल गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न आइतबार कायरो आइपुगेको छ ।

स्रोतका अनुसार हमासका उपप्रमुख खलिल अल-हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को हप्ता शुरु हुने रमजानको अवसर पारेर युद्धविरामका लागि वार्ता गर्न त्यहाँ पुगेको बताएको छ ।

अपेक्षित सम्झौतामा ४०० जना प्यालेस्टिनी बन्दीहरूका लागि ४० इजरायली बन्धकहरूको अदलाबदली गरिने र घेरामा परेको एन्क्लेभमा सहायता ट्रकहरू बढाउने लगायतका विषय समावेश हुनेछन् ।

यसैगरी इजरायली प्रतिनिधिमण्डल युद्धविराम वार्ताका लागि आइतबारपछि यहाँ आउने सम्भावना रहेको स्रोतले बताएको छ। गत वर्ष अक्टोबर ७ मा हमासले इजरायली शहरहरूमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या गरी २०० जना भन्दा बढीलाई बन्धक बनाएपछि इजरायलले गाजामा त्यसका विरुद्ध ठूलो प्रत्याक्रमण अभियान चलाइरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको पछिल्लो तथ्यांकअनुसार त्यसयता इजरायली जवाफी कारबाहीमा ३० हजार ३२० प्यालेस्टाइनी मारिएका छन् भने ७१ हजार ५३३ जना घाइते भएका छन्। सिन्हा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved