शालिन पोखरेल मृत्यु प्रकरण : प्रधानाध्यापकसहित तीन जना पक्राउ

नेपालभ्युज

शालिन पोखरेल मृत्यु प्रकरण : प्रधानाध्यापकसहित तीन जना पक्राउ

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेको घटनामा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। सोही प्रकरणमा  ज्यानसम्बन्धी कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा नम्बर १० का  ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल रहेको प्रहरीले जनाएको छ । बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शालिनको मृत्युपछि आफन्तले तीन जनाविरूद्ध दिएको किटानी  जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको हो । घटनाका बारेमा अनुसन्धान जारी रहेको र पोष्टमर्टम  रिपोर्ट पछिमात्रै थप बताउन सकिने प्रहरीले जनाएको छ ।

कक्षा ८ मा अध्ययनरत १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved