सेतीमा माछा मार्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

नेपालभ्युज

सेतीमा माछा मार्ने क्रममा बेपत्ता भएका तामाङको शव भेटियो

काठमाडौं । पोखराको सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङको शव भेटिएको छ ।

फागुन १३ गते सेती नदीमा माछा मार्ने क्रम बेपत्ता भएका ४५ वर्षीय तामाङको शव शुक्रबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तामाङको शव पोखरा महानगरपालिका-१५ पट्नेरी क्षेत्रको सेती नदीमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको हो ।

यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले तामाङको खोजी गरेका थिए । तर, नभेटिएपछि बिहीबार नदीको बाँध खोलेर पनि खोजिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved