पैदल हिँडेर काठमाडौं आएका प्रदर्शनकारी छिरे संसद् भवन, ४९ जना पक्राउ (तस्वीरसहित)

नेपालभ्युज

पैदल हिँडेर काठमाडौं आएका प्रदर्शनकारी छिरे संसद् भवन, ४९ जना पक्राउ (तस्वीरसहित)

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर आन्दोलन गर्न काठमाडौं आएका ऋणीहरू सोमबार नाराबाजी गर्दै संसद् भवनभित्रै प्रवेश गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

संसद् भवन परिसरमा जबरजस्ती प्रवेश गरेका ४९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, नयाँ बानेश्वर लगिएको छ ।

उनीहरू जबरजस्ती प्रवेश गरेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रदर्शनस्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्री समेत गएका छन् ।

सरकारले संघीय संसद् वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved