भृकुटीमण्डपबाट हटाउने तयारी गरेपछि मिटरब्याज पीडित र सरकारबीचको वार्ता अन्योलमा

नेपालभ्युज

भृकुटीमण्डपबाट हटाउने तयारी गरेपछि मिटरब्याज पीडित र सरकारबीचको वार्ता अन्योलमा

काठमाडौं । प्रहरीले मिटरब्याज पीडितहरुलाई भृकुटीमण्डपबाट हटाउने तयारी गरेपछि सरकारसँगको वार्ता अन्योलमा परेको छ ।

समाज कल्याण परिषद्ले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई भृकुटीमण्डप खाली गराउन पत्र लेखेपछि प्रहरीले मिटरब्याज पीडितहरुलाई त्यहाँबाट हटाउने तयारी गरिरहेको छ ।

प्रहरीले हटाउने तयारी गरेसँगै वार्ता अन्योलमा परेको मिटरब्याज पीडितका अगुवा नीर्ग नविनले जानकारी दिए । वैकल्पिक स्थान तय नभएसम्म सरकारसँग वार्ता नगर्ने उनले बताए ।

मिटरब्याजपीडित र सरकारबीच आज निर्णायक वार्ता ११ बजेका लागि तोकिएको थियो । पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् ।

केही दिनमा परिषद्ले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । सोहीकारण मिटरब्याज पीडितहरुलाई हटाउन लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved