सिरियामा इजरायली हवाई आक्रमण, ३ जनाको मृत्यु

नेपालभ्युज

सिरियामा इजरायली हवाई आक्रमण, ३ जनाको मृत्यु
फाइल फोटो

दमास्कस । मध्य सिरियाको होम्स प्रान्तमा आइतबार इजरायली हवाई आक्रमणमा परी ३ जना सर्वसाधारणको मृत्यु भएको छ । अल-वतन अखबारका अनुसार दक्षिणपश्चिमी होम्सको अल-कुसाइर क्षेत्रमा दुईवटा नागरिक सवारी साधनलाई निशाना बनाएर आक्रमण गरिएको थियो।

यसैबीच, सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आक्रमणमा दुई हिजबुल्लाह सदस्य मारिएको बताएको छ। यो हवाई आक्रमण सिरियामा इजरायली आक्रमणको शृङ्खलाको पछिल्लो घटना हो। इजरायलले हालै इरानी मिलिशियासँग संलग्न व्यक्तिहरू विरुद्ध हत्या प्रयास गरेको छ।

अब्जरभेटरीले आइतबार प्रतिवेदनमा इजरायलले सन् २०२४ को शुरुदेखि सिरियामा हालसम्म १६ वटा आक्रमण गरेको उल्लेख गरेको छ। सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved