यसरी चोरियो आमाकै काखबाट २६ दिने शिशु !

बिहान ११ बजे काभ्रेकी सुत्केरी ओपीडीमा स्वास्थ्य परीक्षणका लागि आएकी थिइन् । उनले परीक्षण गर्ने बेलामा एकछिन बच्चा समाइदिने भन्दै एक अपरिचितले बच्चा लिइन् । सुत्केरीले पनि सहजै दिइन् ।

नेपालभ्युज

यसरी चोरियो आमाकै काखबाट २६ दिने शिशु !

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंको सबै युनिटले खोजी तीव्र पारेको छ ।

अनुसन्धान अधिकृतहरूले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा देखिए अनुसार मास्क लगाएकी महिलाले शिशु लगेको देखिन्छ ।

रातो कपडा लगाएकी महिलाले टाउको समेत रातो सलले छोपेकी छिन् । साढे १२ बजेतिर शिशु हराएको भन्दै प्रहरीमा खबर आएको थियो । सीसीटीभीबाट फुटेज पाएलगतै प्रहरीले खोजी तीव्र बनाएको छ ।

काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु अस्पतालबाटै चोरी भएको हो । बिहान ११ बजे काभ्रेकी सुत्केरी ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी थिइन् ।

प्रसूति गृहबाट २६ दिनको शिशु चोरी

उनले परीक्षण गर्ने बेलामा एकछिन बच्चा समाइदिने भन्दै एक अपरिचितले बच्चा लिइन् । सुत्केरीले पनि सहजै दिइन् । तर, सुत्केरी स्वास्थ्य परीक्षणबाट फर्केर बाहिर आउँदा शिशु समाउने महिला गायब भइसकेकी थिइन् ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आएकी महिलाको हातबाट शिशु चोरी भएको जानकारी दिए ।

शिशु हराएपछि सबैतिर खोजी भयो । नभेटिएपछि प्रहरीमा खबर गरिएको थियो । चोरिएको शिशुको खोजी कार्य तीव्र पारिएको छ ।

‘काखमा बच्चा च्यापेकी महिलाले मास्क लगाएर मुख छोपेकी छिन् । सीसीटीभी क्यामरामा देखिएको छ,’ काठमाडौं प्रहरी परिसरका एसपी प्रवक्ता नवराज अधिकारीले भने, ‘काठमाडौंका सबै प्रहरी युनिटबाट बच्चाको खोजी कार्य जारी छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved