धेरैबेर पिसाब रोक्दा हुन सक्ने नोक्सान

नेपालभ्युज

धेरैबेर पिसाब रोक्दा हुन सक्ने नोक्सान

एजेन्सी । धेरैजसो यात्राका क्रममा, अफिसको काम तथा बैठक आदिमा भएका बेला अत्यधिक मानिसले पिसाब धेरैबेर रोकेर राख्ने बानी हुन्छ ।

तर, तपाईंले ख्याल गर्नुपर्ने कुरा यस्तो गर्दा स्वास्थ्य सम्बन्धी गम्भीर समस्याको सामना गर्नुपर्ने पनि हुन सक्छ । त्यसैले पिसाब रोक्दा कस्ता समस्याहरु हुन सक्छन् ? यसबारेमा जान्नुहोस् र सतर्क हुनुहोस्-

यूटीआई संक्रमण
पिसाब धेरै समय रोकेर राख्दा यूटीआई संक्रमणको खतरा बढ्छ । किनकि पिसाबको माध्यमबाट शरीरको टक्सिन यानिकी फोहोर बाहिर आउँछ । जब हामी त्यो प्रक्रियालाई रोक्छौं यसले संक्रमण बढाउँछ ।

मृगौलामा नराम्रो असर
मृगौलाले शरीरमा भएको फोहोरलाई सफा गर्ने काम गर्छ । पिसाबको फिल्टर मृगौलाले नै गर्छ र यस्तोमा पिसाब रोक्दा मृगौलाको कार्यमा नराम्रो असर पर्दछ । जसले गर्दा मृगौलामा समस्याहरु बढ्छ ।

ब्लाडरको समस्या
धेरै लामो समय पिसाब रोक्ने बानीले ब्लाडर यानिकी पिसाब थैलीमा स्ट्रेचिंग हुन्छ । जसले गर्दा पछि गएर पिसाब रोक्न नसक्ने, चुहिने समस्या हुन्छ ।

अन्य अंगमा दुखाई
लामो समय पिसाब रोक्दा तपाईंको डाढ दुख्ने, कम्मर दुख्ने तथा पेटको तल्लो भाग दुख्ने आदि समस्या आउन थाल्छ । यस्तो खालको दुखाई अन्य अंगमा पनि हुन सक्छ ।

मृगौलामा पत्थरी
पिसाबमा यूरिक एसिड, क्याल्सियम अक्सलेट नामक मिनरल तत्व हुन्छन् जसले गर्दा यसलाई रोक्दा मृगौलामा पत्थरीको समस्या पनि हुन सक्छ ।

पोल्ने समस्या
यी सबै समस्याबाहेक लामो समय पिसाब रोक्दा पिसाब पोल्ने समस्या पनि हुन्छ । पिसाब फेर्ने समयमा पोल्ने तथा दुख्ने समस्या पनि हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved