रास्वपाको चेतावनी– प्रतिपक्षलाई नसुने सडकदेखि संसद्सम्म अवरुद्ध हुन्छ

नेपालभ्युज

रास्वपाको चेतावनी– प्रतिपक्षलाई नसुने सडकदेखि संसद्सम्म अवरुद्ध हुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदप्रति सरकार जबाफदेही नभए संसद् अवरोध र सडक आन्दोलन हुने चेतावनी दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

सासद श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक नगरेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘त्यो प्रतिवेदन कति लामो छ ? पढ्न गाह्रो भए हामीलाई दिनुस् वाचन गरेर सुनाइदिन्छौ । म सरकारलाई चेतावनी पनि दिन चाहन्छु त्यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । सडक आन्दोलन पनि हुन्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved