युरोपको ग्यास माग आगामी वर्ष उच्च हुने

नेपालभ्युज

युरोपको ग्यास माग आगामी वर्ष उच्च हुने

काठमाडौं । युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास (एलएनजी)को माग आगामी वर्ष उच्च हुने बुधबार प्रकाशित एक अध्ययनमा उल्लेख छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली मुलुकहरूले पाइपलाइनमार्फत वितरित रुसी प्राकृतिक ग्यासबाट ठूलो परिवर्तन ल्याए । यसमा उनीहरूले सीमति आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दा एलएनजीको मूल्य बढ्यो ।

सीमित सङ्ख्यामा आयात टर्मिनलहरूका साथ युरोपेली मुलुकहरू उपभोगलाई नियन्त्रण गर्नका लागि उपायहरू लिन बाध्य भए तर उनीहरूले आवासीय हिटिङ वा बिजुली उत्पादनमा कटौती नगरी सन् २०२२-२३ को जाडोमा यसबाट पार पाए ।

रुसी आक्रमण सुरु भएदेखि नै मुख्यरूपमा जर्मनी, इटाली र बेलायतले चलाएको युरोपेली ग्यासको मागमा २० प्रतिशतले कमी आएको इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालिसिस (आइइइएफए)ले बताएको छ । यसले ऊर्जा दक्षता तथा माग व्यवस्थापन उपायहरू, मागमा उच्च मूल्यको प्रभावका साथै हल्का जाडोको तापक्रममा गिरावटलाई कम गरिदियो ।

“युरोपले ऊर्जा सङ्कटलाई सफलतापूर्वक पार गरेको छ र ग्यासको उपयोगमा अङ्कुश लगाउन स्वयंलाई तयार गरेको छ, यसको श्रेय दक्षता उपायहरू र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई जान्छ”, आइइइएफएले भनेको छ ।

सौर्य र वायुको थप परिचालन, घरेलु हिटिङका लागि ग्यास बोयलरबाट हिट पम्पमा स्विच र अतिरिक्त दक्षता उपायहरूको अर्थ सन् २०२५ मा एलएनजीको माग उच्च हुनेछ ।

ऊर्जा बजार र नीतिहरूसँग सम्बन्धित मुद्दाको अध्ययन गर्ने अन्तर्राष्ट्रिय समूहले सन् २०२३ मा आयात स्थिर रहेको र आगामी वर्ष माग उच्च हुने सम्भावना भए पनि एलएनजी टर्मिनल निर्माणको हतार जारी रहेको बताएको छ ।

सन् २०२२ फेब्रुअरीमा आठ टर्मिनल सञ्चालनको तुलनामा सन् २०३० सम्म १३ वटा टर्मिनल सञ्चालन हुने अपेक्षा गरिएको छ । आइइइएफएले दशकको अन्त्यसम्ममा आयात क्षमता एलएनजी मागभन्दा तीन गुणा हुने जोखिममा रहेको बताएको छ ।

आइइइएफएले रुसी एलएनजीले रुसी ग्यासको एक हिस्सालाई प्रतिस्थापन गरेको बताएको छ । रुसी एलएनजीलाई युरोपले पाइपलाइनमार्फत आयात गरिरहेको थियो । सन् २०२१ र सन् २०२३ को बीचमा रुसी एलएनजी आयातमा ११ प्रतिशतले वृद्धि भएको छ । यद्यपि अमेरिकाले एलएनजी आयातमा प्रभूत्व जमाएको छ । यसबाट नयाँ निर्भरता सिर्जना हुने खतरा छ ।

“एउटा स्रोतमा धेरै निर्भर गरेर ऊर्जा आपूर्तिको सुरक्षालाई जोखिममा पार्ने खतराहरू अनुभव गरिसकेपछि युरोपले आफ्ना विगतका गल्तीहरूबाट पाठ सिक्नुपर्छ र गत वर्ष आफ्नो एलएनजी आयातको करिब आधा लाभ हासिल गरेको अमेरिकामा अधिक निर्भर हुनबाट जोगिनुपर्छ”, आइइइएफएका प्रमुख युरोप विश्लेषक मारिया जाल्लर–मकारेभिचले भने । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved