नाभाल्नीको मृत्युबारे युलियाको आरोप ‘निराधार र अभद्र’ : क्रेमलिन

नेपालभ्युज

नाभाल्नीको मृत्युबारे युलियाको आरोप ‘निराधार र अभद्र’ :  क्रेमलिन

मस्को । गत साता कारागारमा मृत्यु भएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्लेनीले  लगाएको आरोपहरूलाई क्रेमलिनले मंगलबार अस्वीकार गरेको छ । युलियाले  नाभाल्नीको मृत्युको पछाडि राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएकी थिईन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “निस्सन्देह यो रुसी राज्यका प्रमुखविरुद्ध बिल्कुल निराधार र अभद्र आरोप हो, तर युलिया नाभाल्नी केही दिनअघि मात्र विधवा हुनुभएकाले म कुनै टिप्पणी गर्दिनँ ।”

लाखौँ मानिसले अनलाइनमा हेरेको एक भिडियो सन्देशमा ४७ वर्षीया नाभाल्नीले ‘हाम्रो मुलुकको स्वतन्त्रताका लागि’ आफ्ना पतिको लडाइँलाई जारी राख्ने वाचा गरेकी छन् ।

पेसकोभले सोमबार युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले नाभाल्नीसँग ब्रसेल्समा आयोजना गरेको  वार्तापछि विपक्षी नेता नाभाल्नीको मृत्युको ‘अन्तर्राष्ट्रिय जाँच’ का लागि गरेको इयुको आह्वानलाई पनि अस्वीकार गरे । “हामी सामान्यतया यस्ता मागलाई स्वीकार गर्दैनौँ– खासगरी बोरेलको तर्फबाट भएको मागका सम्बन्धमा”, उनले भने ।

हालैका दिनमा नाभाल्नीको मृत्युको शोक मनाउने कार्यक्रमहरूमा सयौँ रुसीलाई हिरासतमा लिएको बारे सोधिएको प्रश्नमा उनले भने, “कानून प्रवर्तन एजेन्सीहरूले कानूनअनुसार काम गरिरहेका छन् ।” नाभाल्नीको मृत्युको केही दिनपछि सोमाबार सङ्घीय दण्डात्मक सेवामा रहेका चार शीर्ष अधिकारीलाई सैन्य आदेशका साथ सुशोभन गर्ने पुटिनको निर्णय ‘आफ्नो मार्गमा चल्ने पदोन्नति प्रक्रिया’ को एउटा हिस्सा भएको पनि उनले बताए ।

सन् २०२१ मा कारागार जानुअघि नाभाल्नीले पुटिनविरुद्ध ठूलो स्तरमा विरोध प्रदर्शन गरेका थिए । साइबेरियामा सोभियत युगको नर्भ (स्नायु) एजेन्टले विष दिएपछि उनी जर्मनीमा उपचार गरी रुस फर्किएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved