विश्व कप लिग २ का खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

नेपालभ्युज

विश्व कप लिग २ का खेल एक्सन स्पोर्टस एचडी वानले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग २ का खेलहरू एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

नेपाल र क्यानडाबीचको एक दिवसीय सिरिज प्रत्यक्ष प्रसारण गरेको डीस होम एक्सन स्पोर्टस एचडी वानले बिहीबारदेखि सुरु हुन लागेको आइसीसी लिग टू पनि प्रत्यक्ष प्रसारण गर्न लागेको हो । एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजका सबै छ खेल प्रत्यक्ष प्रसारण गर्ने एक्सन स्पोर्टस एचडी वानले जनाएको छ । तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।

लिगको पहिलो खेल फेब्रुअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ । फेब्रुअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फेब्रुअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फेब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फेब्रुअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् ।

तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved