विराटनगरमा फेला परेको शंकास्पद वस्तुभित्र इँटा र ढुंगाका टुक्रा

दुईजना पक्राउ

नेपालभ्युज

विराटनगरमा फेला परेको शंकास्पद वस्तुभित्र इँटा र ढुंगाका टुक्रा

विराटनगर । विराटनगरमा फेला परेको शंकास्पद वस्तुभित्र इँटा र ढुंगाका टुक्रा भेटिएको छ ।

विराटनगर महानगरपालिका–३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा टेपले बाँधेर राखेको प्रेसर कुकर निष्क्रिय पार्दा इँटा र ढुंगाका टुक्रा भेटिएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले खाल्डो खनेर सो प्रेसर कुकर निष्क्रिय गरेको थियो ।

सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा इलाम माम्सेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका ३८ वर्षीय प्रविण मिश्र र पाँचथर याङवरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी छन्।

शंकास्पद वस्तु राख्ने उनीहरुलाई सिसिटिभी फुटेज हेरेर पक्राउ गरिएको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved