मन्त्री बस्नेत अख्तियारको कार्यालयमा, टेरामक्स प्रकरणमा दिए बयान

नेपालभ्युज

मन्त्री बस्नेत अख्तियारको कार्यालयमा, टेरामक्स प्रकरणमा दिए बयान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा मुछिएका  मन्त्री बस्नेतले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएको अख्तियार स्रोतले जनाएको छ ।

मन्त्री बस्नेत ०७४ सालमा सञ्चारमन्त्री हुँदा नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स प्रणाली’ खरिद सम्बन्धी विवादमा मुछिएका थिए ।

सुरुमा तत्कालीन सञ्चारमन्त्री शेरधन राईले टेरामक्स प्रविधिको विषय अध्ययनका लागि सहमति दिएका थिए । राई पछि साउन ०७४ मा सञ्चारमन्त्री नियुक्त भएका मोहनबहादुर बस्नेतले टेरामक्सको योजना अगाडि बढाएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved