एलिनाको ‘कट्टा हान्दिन्छु’लाई चोरी आरोप, अर्का गायकले ल्याए उस्तै शब्दको गीत

नेपालभ्युज

एलिनाको ‘कट्टा हान्दिन्छु’लाई चोरी आरोप, अर्का गायकले ल्याए उस्तै शब्दको गीत

काठमाडौं । एलिना चौहानले गाएको गीत ‘कट्टा हान्दिन्छु’ चर्चामा आइरहँदा गीतको शब्द चोरीको आरोप लागेको छ ।

गायक विश्वराम कार्कीले आफ्नो गीत ‘कट्टा हानिदिन्छु’ बाट हुबहु चोरिएको बताएका हुन् । एलिनाले गाएको गीत चर्चित गीतकार नेत्र अर्यालले लेखेका हुन् ।

आफूले उक्त गीत झन्डै एक वर्षअघि रेकर्ड गराएर अडिओको रूपमा सार्वजनिक गरेको बताउँदै भिडिओ केही दिनअघि बनाएर सार्वजनिक गरेका छन् ।

एलिनाको गीतले बजार हल्लाउँदै गर्दा गायक विश्वराम कार्कीले पनि गीतको भिडिओ बनाएर सार्वजनिक गरेका छन् ।

उनले भनेका छन्, ‘‘मैले यो गीत एक वर्षअघि नै रेकर्ड गराएको थिएँ । अडिओ पहिल्यै आए पनि भिडिओ बनाएको थिइन । गीतको शब्ददेखि लय पनि एउटै छ ।’’

कार्कीले भने यो विषय समाधान नभएको खण्डमा कानुनी दायरामा समेत जाने सुनाए । तर, कार्कीले गीतको भिडिओ युट्युबमा एलिनाको गीत चलिरहँदा केहीअगाडि मात्रै सार्वजनिक गरेका हुन् ।

भिडिओका हिसाबले यो गीत एलिनाभन्दा पछि आएको छ । यसैले उनको गीतमा धेरैले कपी गरेको आरोप लगाइरहेका छन् ।

एलिनाको स्वर रहेको ‘कट्टा हान्दिन्छु’ गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो। यस गीतमा रायमाझी मोडलसमेत हुन् ।

त्यस गीतसँग संयोगले मिले पनि आफूहरूले गीत नचोरेको रायमाझी सुनाउँछन् ।

उनी भन्छन्,‘‘मान दिनेलाई मान दिने हो, शान दिनेलाई शान दिने हो’ भन्ने यो शब्द चलनचल्तीको डायलग हो । कसैको होइन । उनीहरूको गीतमा केही शब्द मिलेको होला । तर, गीत चोरेको भन्न मिल्दैन । त्यो गीत र हाम्रो गीतको प्याटननै फरक छ । नेत्र अर्याल हिट गीत दिइसकेका गीतकार हुन् । उहाँलाई अरूको गीत चोर्नुपर्ने आवश्यकता नै छैन । त्यही पनि उहाँले यो गीत तीन-चार वर्षअघि नै लेख्नुभएको थियो ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved