एक दिनमा कति बदाम खानु स्वस्थकर ?

नेपालभ्युज

एक दिनमा कति बदाम खानु स्वस्थकर ?

एजेन्सी । बदाम मानसिक तथा शारीरिक स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसमा आइरन, पोटाशियम, भिटामिन्स प्रसस्त मात्रामा पाइन्छ । यसले शरीरलाई पोषण दिनुका साथै ऊर्जा पनि दिने गर्छ ।

महिलालाई महिनावारीको बेला पेट दुखेमा, कब्जियत, पेटका अन्य समस्यामा पनि यसको सेवन गर्नु फाइदाजनक मानिन्छ ।

बदामले मुटु स्वस्थ राख्छ, रक्तचाप तथा कोलेस्ट्रोल पनि बढ्दैन । यदि तपाईंले बदाम नियमित खानुभएको छैन र अब सुरु गर्न चाहनुहुन्छ भने दिनमा दुई तीनवटा पानीमा भिजाएर खानुहोस् । तपाईंको पाचन प्रक्रिया सही छ भने ८–१० दिनपछि दैनिक ५–६ वटा बदाम खान सुरु गर्नुहोस् ।

पचाउन सके दैनिक १० देखि १२ वटा बदाम खान पनि सक्नुहुन्छ । त्यस्तो त शारीरिक अवस्थाअनुसार दैनिक २० वटा सम्म बदाम पनि शरीरले पचाउन सक्ने स्वास्थ्य विशेषज्ञको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved