रोकिएको गाडीमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

नेपालभ्युज

रोकिएको गाडीमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–२ बालकोटका २४ वर्षीय समन भुजेलको ज्यान गएको छ ।

मंगलबार राति २१ः५० बजे मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख. २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं. ३ –०२–००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी बालकोटकै २० वर्षीया सोफिया ठकुरी पनि घाइते भएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved